तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ
बुधबार, २७ चैत २०८१, १८ : २२
_0capjibzrc_1df8hywvfe_4G2w1D76aI.jpg)
काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई मेकानिकल इन्जिनियर बताउने शिशिर जिसी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिसीलाई ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ गरेको हो । ३१ वर्षीय जिसीलाई कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पुर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी आरोपमा बुधवार नै प्रहरीले ललितपुरबाट कमल विष्टलाई पक्राउ गरेको थियो । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ७७ पुगेको छ ।