तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ
बुधबार, २७ चैत २०८१, १८ : २२
काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई मेकानिकल इन्जिनियर बताउने शिशिर जिसी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिसीलाई ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ गरेको हो । ३१ वर्षीय जिसीलाई कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पुर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी आरोपमा बुधवार नै प्रहरीले ललितपुरबाट कमल विष्टलाई पक्राउ गरेको थियो । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ७७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण