नेपालको जीतमा बन्यो यस्तो रेकर्ड

काठमाडौँ । नेपाल क्रिकेट टोली हाल हङकङमा चार राष्ट्रको टीऔ२० शृङ्खला खेलिरहेको छ । जसमा नेपाल, कुवेत, कतार र हङकङ समावेश छन् ।
यस टी-२० शृङ्खलामा नेपालले उत्कृष्ट सुरुवात गर्दै र पहिलो खेलमा नै कतारलाई आठ विकेटले पराजित ग¥यो। टस हारेर पहिले ब्याटिङ गर्न आएको कतारको टोलीले विशेष केही गर्न सकेन र निर्धारित ओभरमा पाँच विकेट गुमाएर १५१ रन मात्र बनायो ।
जवाफमा नेपाल टोलीले १७ ओभरमा २ विकेट गुमाएर १५४ रन बनाएर सजिलै खेल जित्यो। यो रन चेस आफैँमा नयाँ रेकर्ड हो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक रन पछ्याउँदा कुनै टोलीका शीर्ष ४ ब्याट्सम्यानले ३० वा सो भन्दा बढी रन बनाएका हुन् ।
यस खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल चम्किए। भुर्तेलले ३८ रन बनाए भने पौडेलले ३७ रनको द्रुत पारी खेले। आरिफ शेखले ३३ रन तथा बसिर अहमदले ३० रन बनाए ।
यो जितसँगै नेपालले २ अंक जोडेको छ र टोली सिधै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
-
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
-
लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु