नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
काठमाडौँ । नेपाल क्रिकेट टोली हाल हङकङमा चार राष्ट्रको टीऔ२० शृङ्खला खेलिरहेको छ । जसमा नेपाल, कुवेत, कतार र हङकङ समावेश छन् ।
यस टी-२० शृङ्खलामा नेपालले उत्कृष्ट सुरुवात गर्दै र पहिलो खेलमा नै कतारलाई आठ विकेटले पराजित ग¥यो। टस हारेर पहिले ब्याटिङ गर्न आएको कतारको टोलीले विशेष केही गर्न सकेन र निर्धारित ओभरमा पाँच विकेट गुमाएर १५१ रन मात्र बनायो ।
जवाफमा नेपाल टोलीले १७ ओभरमा २ विकेट गुमाएर १५४ रन बनाएर सजिलै खेल जित्यो। यो रन चेस आफैँमा नयाँ रेकर्ड हो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक रन पछ्याउँदा कुनै टोलीका शीर्ष ४ ब्याट्सम्यानले ३० वा सो भन्दा बढी रन बनाएका हुन् ।
यस खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल चम्किए। भुर्तेलले ३८ रन बनाए भने पौडेलले ३७ रनको द्रुत पारी खेले। आरिफ शेखले ३३ रन तथा बसिर अहमदले ३० रन बनाए ।
यो जितसँगै नेपालले २ अंक जोडेको छ र टोली सिधै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण