फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले प्यालेष्टाइनलाई मान्यता दिने कुरा गरेका छन् । प्यालेस्टाइनलाई मान्यता दिने योजना फ्रान्सले बनाइरहेको र जुनमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा यसको घोषणा गर्न सकिने एक मिडिया च्यानलसँग कुरा गर्दै उनले भने ‘हामीले प्यालेस्टाइनलाई मान्यता दिने दिशामा अगाडि बढ्नु पर्छ र हामी आगामी महिनाहरूमा त्यसो गर्नेछौं ।’ अझ अगाडि उनले भनेका छन् । म्याक्रोँ हालै इजिप्टको भ्रमणमा गएका थिए ।
म्याक्रोँले भने, ‘हाम्रो लक्ष्य साउदी अरेबसँग संयुक्त राष्ट्र सम्मेलनको अध्यक्षता गर्नु हो, जहाँ हामी कयौँ पक्षले सलाई मान्यता दिनेछौँ ।’ उनले भने, ‘म यसकारण पनि यो गर्नेछु किनभने हामीलाई लाग्छ कि यो गर्नु सही हुनेछ । प्यालेस्टाइनलाई मान्यता दिएर फ्रान्सले इजरायलको अस्तित्वलाई अस्वीकार गर्न सक्दैन । फ्रान्स लामो समयदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानको समर्थक रहँदै आएको छ । यद्यपि, यदि फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दियो भने, यो एक ठुलो नीतिगत परिवर्तन हुनेछ र इजरायल रिसाउने जोखिम पनि छ ।’
लगभग १५० देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएको छ । यसमा आयरल्याण्ड, नर्वे, स्पेन आदि पनि छन् । इजरायलले २०२३ को अक्टोबर ७ मा गाजामा बमबारी गरेर हजारौं मानिसहरूलाई मारेपछि गत वर्षको जुनमा स्लोभेनियाले पनि प्यालेस्टाइनलाई मान्यता दिएको थियो ।
फ्रान्स युरोपेली संघको एक महत्त्वपूर्ण देश हो । उसले प्यालेस्टाइनलाई मान्यता दियो भने यसको ठुलो प्रभाव पर्नेछ । इजिप्टको भ्रमणको क्रममा म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको पनि आलोचना गरे । ट्रम्पले गाजालाई मध्य पूर्वको रिभेरा बनाउने वाचा गरेका थिए । गाजा पट्टी कुनै घर जग्गा परियोजना नभएको भन्दै म्याक्रोँले व्यङ्ग्य गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण