मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण
काठमाडौं । मधेश प्रदेशमा स्थानीय तहलाई दिने स-सर्त अनुदान वितरणको विषयमा नेकपा माओवादी केन्द्रले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार एक सुचन जारी गर्दै नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद शाहले सरकारको सत्ता साझेदार दल तथा प्रतिपक्षी दलहरुसंगको सहकार्य तथा छलफल गरेर मात्र वितरण गर्न गराउन आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह लाई दिने स-सर्त अनुदान वितरणको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीलाई प्राप्त सुचनाअनुसार आन्तरिक मिलोमतोमा कुनै स्थानीय तह लाई धेरै र कुनै स्थानीय तह लाई न्यूनतम भन्दा पनि कम दिने प्रचलन विगतमा पनि विवादित भएको सर्व विदितै छ,तसर्थ मधेश प्रदेश सरकार अर्थ मन्त्रालयले सरकारको सत्ता साझेदार दलहरु तथा प्रतिपक्षी दलहरुसंगको सहकार्य तथा छलफल गरेर मात्र वितरण गर्न गराउनहुन ध्यानाकर्षण सहित जानकारी गराउँदछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण