ग्लेन फिलिप्स चोटका कारण आईपीएलबाट आउट
शनिबार, ३० चैत २०८१, १३ : ४९
गुजरात । गुजरात टाइटन्सका ग्लेन फिलिप्स चोटका कारण आईपीएल–२०२५ बाट बाहिरिएका छन् । गत अप्रिल ६ मा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा उनको ग्रोइनमा चोट लागेको थियो।
अब उनी आगामी खेलहरूमा खेल्न सक्ने छैनन् । पीटीआईका अनुसार फिलिप्स न्युजिल्याण्ड फर्किएका छन् । फिलिप्सलाई आईपीएल को मेगा अक्सनमा गुजरातले २ करोड रुपैयाँमा किनेको थियो।
हैदराबादको इनिङ्सको छैटौँ ओभरमा ग्लेन फिलिप्स घाइते भएका थिए । प्रसिद्ध कृष्णाको ओभरमा थ्रो फ्याँक्ने क्रममा उनको मांसपेशीमा चोट लागेको थियो । पछि फिजियोले उनलाई मैदानबाट बाहिर निकालेका थिए ।
फिलिप्सले अहिलेसम्म जम्मा ८ आईपीएल खेल खेलेका छन्। यस अवधिमा उनले ६५ रन बनाएका छन् र दुई विकेट लिएका छन्। सन् २०२३ को आईपीएल सिजनमा उनले प्लेइङ–११ मा मौका पाएका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण