ग्लेन फिलिप्स चोटका कारण आईपीएलबाट आउट
शनिबार, ३० चैत २०८१, १३ : ४९

गुजरात । गुजरात टाइटन्सका ग्लेन फिलिप्स चोटका कारण आईपीएल–२०२५ बाट बाहिरिएका छन् । गत अप्रिल ६ मा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा उनको ग्रोइनमा चोट लागेको थियो।
अब उनी आगामी खेलहरूमा खेल्न सक्ने छैनन् । पीटीआईका अनुसार फिलिप्स न्युजिल्याण्ड फर्किएका छन् । फिलिप्सलाई आईपीएल को मेगा अक्सनमा गुजरातले २ करोड रुपैयाँमा किनेको थियो।
हैदराबादको इनिङ्सको छैटौँ ओभरमा ग्लेन फिलिप्स घाइते भएका थिए । प्रसिद्ध कृष्णाको ओभरमा थ्रो फ्याँक्ने क्रममा उनको मांसपेशीमा चोट लागेको थियो । पछि फिजियोले उनलाई मैदानबाट बाहिर निकालेका थिए ।
फिलिप्सले अहिलेसम्म जम्मा ८ आईपीएल खेल खेलेका छन्। यस अवधिमा उनले ६५ रन बनाएका छन् र दुई विकेट लिएका छन्। सन् २०२३ को आईपीएल सिजनमा उनले प्लेइङ–११ मा मौका पाएका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन