‘सिरियल किसर’ को ट्यागले हैरान इमरान
मुम्बई । बलिउड अभिनेता इमरान हाश्मीको नाम सुन्ने बित्तिकै, दिमागमा आउने पहिलो तस्बिर ‘सिरियल किसर’ को हो। तर, यही ट्यागले उनलाई एक समयमा यति धेरै समस्यामा पारेको थियो कि उनले आफूलाई गम्भीर अभिनेताको रूपमा प्रमाणित गर्न सकस परेको थियो।
कुराकानीमा इमरानले स्पष्ट रूपमा भने कि २००३ देखि २०१२ सम्म उनको छवि यति हदसम्म दोहोरिएको थियो कि यो एक लेबल नै बन्यो। यो लेबल हरेक फिल्मको मार्केटिङमा प्रयोग हुन थाल्यो।
‘मानिसहरूले मेरो नामको अगाडि एउटै ट्याग प्रयोग गर्न थाले,’ इमरानले युट्युबर रणवीर इलाहाबादियाको कार्यक्रममा भने, ‘एक समय थियो जब म चाहन्थेँ कि मानिसहरूले मलाई अलि गम्भीरतापूर्वक लिउन्। मेरो छवि यसरी निचोडियो कि यो ट्याग नै बन्यो। त्यो मार्केटिङमा पनि प्रयोग गरिन्थ्यो।’
‘हरेक चलचित्रमा बिना कारण उही कुराहरू थपिएका थिए। अनि जब जब मेरो नाम मिडियामा आउँथ्यो, त्योभन्दा पहिले मलाई सिरियल किसरको ट्याग लाग्थ्यो,’ ट्याग सिर्जनामा आफ्नो भूमिका पनि स्वीकार गर्दै उनले भने, ‘मैले यो आफैँ बनाएको थिएँ तर पछि थाहा भयो कि यसले पनि हानि पुर्यायो । म अरू कसैलाई दोष दिइरहेको छैन। तर जब तपाईं त्यो चरणबाट बाहिर निस्कनुहुन्छ, तपाईं चाहनुहुन्छ कि मानिसहरूले तपाईँको दायरा देखुन्।
उनले थपे, ‘मैले विभिन्न प्रकारका फिल्म गरे तर पनि मानिसहरू सोध्छन्– के यस पटक त्यस्तो दृश्य थिएन ? ’ ‘म केही नयाँ देखाउन चाहन्छु, तर मानिसहरूले पुरानो मात्र खोज्छन्,’ इमरानले कुराकानीको अन्त्य गर्दै भने, ‘म केही नयाँ प्रस्तुत गर्दैछु। म एक अभिनेता हुँ र मेरो काम फरक– फरक पात्रहरू खेल्नु हो।’
‘त्यसो भए किन मानिसहरू उही पुरानो कुरा हेर्न चाहन्छन् ?’ भन्ने प्रश्नमा इमरान भन्छन्, ‘हो, मलाई यो कुराले अलि रिस उठ्थ्यो । तर म अहिले शान्त छु, यो मेरो लागि ठुलो कुरा होइन।’ कामको कुरा गर्दा, इमरान चाँडै नै वार ड्रामा फिल्म ‘ग्राउन्ड जिरो’ मा देखिनेछन्। यस फिल्ममा उनको गम्भीर र नयाँ शैली देख्न पाइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण