एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड विजयी भएको छ । रियालले अवे मैदानमा डोपोर्टिभो अलाभेसविरुद्ध १-० को जित निकालेको हो ।
रियाललाई जिताउन पहिलो आधा अर्थात् हाफअघि एडुआर्डो क्यामाविंगाले निर्णाय गोल गरे । उनले ३४ औं मिनेटमा गरेको गोल नै रियाललाई जितका लागि पर्याप्त बन्यो ।
उनले गोल गरेको चार (३८औं) मिनेट मै केलियन एम्बाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले एन्टोनियो ब्लेन्कोलाई हार्ड ट्याकल गरेको र असुरक्षा अनुभूति भएको भन्दै भीएआर फुटेज समीक्षाले एम्बाप्पेलाई खेलबाट बाहिर गरिदिएको हो ।
एम्बाप्पेले रातो कार्ड खाएको खेल जित्दै रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । अब यी दुईबीचको अंकदुरी ४ अंकमा झरेको छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७० अंक छ भने समान खेलबाट रियाल मड्रिडको ६६ अंक भएको छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको भने ६० अंक छ ।
आइतबार राती भएको खेलमा एम्बाप्पेले झैं घरेलु टोलीका मनु सान्चेजलाई समेत भीएआरले रातो कार्ड दियो । जस कारण दोस्रो हाफपछि दुबै टोली दाबाबमा रहे भने पछि दुबैबाट कुनै गोल हुन सकेन । ला लिगा मै ओसासुनाले गिरोनालाई २-० ले हरायो । यस्तै, भिया रियालले रियाल बेटिसलाई २-१ ले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण