नयाँ वर्ष
नयाँ वर्षको पहिलो बिहान
धर्तीमा घामका किरण भेट्नुभन्दा पहिले
मैले भेटेँ— ललनप्रसाद
मेरो मर्निङवाकको साथीलाई ।
कुनै दिन
म उठ्न ढिलो भएँ भने
ऊ पहिले मिसकल गथ्र्यो
अनि कल नै गथ्र्यो
र, अझै चालचुल सुनेन भने
ढोकामा ढ्वाङ्ढाङ पार्न आउँथ्यो
म कुनै बहाना नभेटेर
मेरा सबै बहाना निस्प्रभावी भएपछि
बाहिर निस्किन्थेँ
हिँडेर अलिक पर पुगेपछि
आलस्यलाई केन्द्रमा राखेर ऊ जोक गथ्र्यो
जोकले धित् नमरेपछि
र, नजिक सुन्ने कोही छैन भन्ने भएपछि
के के बोल्थ्यो, बोल्थ्यो
नानाभाँती बोल्थ्यो ।
ललनप्रसाद
मेरो मर्निङवाकको साथी
पोहोर मंसिरपछि हिँड्न छाड्यो
पहिले म अल्छी थिएँ
अब ऊ अल्छी हुन थाल्यो
अनि म उसलाई मिसकल गर्न थालेँ
ढोका ढकढक्याउन थालेँ
उसले
कहिले ‘जाडो बढ्यो’ भन्यो
कहिले ‘ठण्डी लाग्यो’ भन्यो
कहिले ‘बुढो भइयो’ भन्यो
कहिले ‘हिँडेर के हुन्छ र !’ भन्यो
उसका बहानासँग हार मानेर
अन्त्यमा म एक्लै हिँड्न थालेँ ।
आज नयाँ वर्षको पहिलो घाम देख्नुभन्दा पहिले
हाम्रो मर्निङवाकको रुटमा
तमाम निराशा र अविश्वासलाई टेकेर
मेरो पहिलेदेखिको साथी
ललनप्रसाद आइपुगेको छ
ऊ के आएको छ
जीवनतिर फर्किएको छ ।
नयाँ वर्षले सबैमा
ललनप्रसादको जत्तिकै जोस–जाँगर
फर्काइदिए पुग्छ
ललनप्रसादको जत्तिकै
उमङ्ग र विश्वास जगाइदिए हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण