उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
सोमबार, ०१ वैशाख २०८२, १५ : ३१
काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठुलो युद्धपोत निर्माण गरिरहेको भूपउपग्रहले खिचेको तस्बिरले देखाएको छ । अहिले किम जोङ उनसँग रहेका अन्य युद्धपोतभन्दा यो दुई गुणा ठुलो रहेको बताइएको हो ।
म्याक्सार टेक्नोलोजिज एन्ड प्लानेट ल्याब्सले गत अप्रिल ६ मा खिचेको तस्बिरमा उत्तर कोरियाको पश्चिमी तटमा रहेको नाम्पो बन्दरगाहमा यो जहाजलाई तयार गरिरहेको देखिएको छ । यो स्थान राजधानी प्योङयाङभन्दा ६० किलोमिटर दक्षिण पश्चिममा रहेको छ ।
सेन्टर फर स्ट्राटेजिक इन्टरनेसनल स्टडिजका जोसेफ बर्मुडेज जुनियर र जेनिफर जुनको विश्लेषण अनुसार यो ४५९ फिट लामो रहेको छ । अमेरिकी जलसेनाको युद्धपोतहरु ५०५ फिट लामा रहेका छन् ।
किमले पछिल्लो समय आफ्नो सेनाको आधुनिकीकरणमा जोड दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण