कपिल शर्मासंग किन क्रुद्ध छन् मुकेश खन्ना ?
काठमाडौं । अभिनेता मुकेश खन्नाले आफूलाई हास्य कलाकार कपिल शर्मा मन नपर्ने बताएका छन् ।
अभिनेताले कपिलले एक अवार्ड कार्यक्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।
मुकेश खन्नाले अनसेन्सर्ड विथ शार्दुल पोडकास्टमा मुकेशले भने, ‘म कसैलाई भन्दै थिएँ कि मलाई कपिल शर्मा किन मन पर्दैन र मैले उनको कार्यक्रममा जान किन अस्वीकार गरेँ ताकि उनीहरूले फिल्म उद्योगमा वास्तविकता कसरी काम गर्छ भनेर बुझ्न सकुन् ।’
उनले थपे, ‘मलाई गोल्ड अवार्डमा अवार्ड दिइँदै थियो र कपिल शर्मा उद्योगमा नयाँ थिए। उनी कमेडी सर्कस गरिरहेका थिए र त्यहाँ उनलाई पनि अवार्ड दिइँदै थियो। ऊ मेरो छेउमा आएर बस्यो र मलाई चिन्न पनि सकेन। ऊ लगभग २० मिनेट त्यहाँ बस्यो । जब उसको नाम आयो, उसले पुरस्कार लिएर उठेर हिँड्यो ।’
मुकेशले आफ्नो युट्युब च्यानलमा कपिल शर्माको बारेमा धेरै पटक कुरा गरिसकेका छन् ।
मुकेशले सन् १९८८ मा टेलिभिजन श्रृंखला महाभारतमा भीष्मको भूमिका निभाएका थिए। यही कारणले उनलाई प्रसिद्धि मिल्यो ।
यसपछि उनी धेरै चलचित्रहरूमा पनि देखा परे। उनी अन्तिम पटक तेलुगु फिल्म पुरुषोत्तमदुमा प्रकाश राज, मुरली शर्मा र राज तरुणसँग देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण