पवन कल्याणकी पत्नीले किन खौरिइन कपाल ?

नयाँ दिल्ली । आन्ध्र प्रदेशका मुख्य मन्त्री समेत रहेका दक्षिण भारतीय अभिनेता पवन कल्याणकी पत्नीले आफ्नो टाउकाकाे कपाल खौरिएकी छिन् । कल्याणकी श्रीमती अन्ना लेजनेवाले आफ्नो कपाल तिरुमाला तिरुपति मन्दिरमा दान गरेकी छिन् ।
यतिबेला सामाजिक सञ्जालमा अन्नाको तस्बिर भाइरल भइरहेको छ । यसमा एक महिलाले उनको कपाल खौरिरहेको देख्न सकिन्छ । अन्नाले आफ्नो कपाल खास कारणले दान गरेको बताइएको छ ।
केही दिन अघि मात्रै सिंगापुरमा एउटा स्कुलमा भएको आगलागीमा अभिनेताको छोरा घाइते भएका थिए । एक जना बालकको ज्यान गएको सो घटनामा पवन कल्याण र अन्नाको ७ वर्षीय छोरा बल्ल बल्ल बाँचे । छोराको सुरक्षाका लागि अन्नाले भगवानलाई धन्यवाद भन्न कपाल खौरिएको बताइएको छ ।
आफ्नो भाकल पूरा भएपछि मानिसहरूले तिरुपति मन्दिरमा कपाल आन गर्ने चलन छ । अन्ना आइतबार तिरुमाला गएर भगवान् वेंकटेश्वको आशीर्वाद लिएकी थिइन् । पवन कल्याणको पार्टी जनसेनाले अन्नाको यात्राबारे एउटा प्रेस रिलिज नै जारी गरेको थियो ।
परम्परालाई ध्यानमा राखेर अन्नाले पध्मावति कल्याण कट्टामा आफ्नो कपाल अर्पण गरेको र एउटा अनुष्ठानमा भाग लिएको विज्ञप्तिमा भनिएको थियो । अन्ना पवन कल्याणको तेस्रो पत्नी हुन् । यो जोडीको दुई सन्तान छन्ः छोरा मार्क अनि छोरी पोलिना ।
अन्ना रुसी नागरिक हुन् । उनी मोडल र एक्ट्रेस पनि हुन् । २०११ मा फिल्म तीन मारको सेटमा पवन कल्याण र अन्नाको भेट भएको थियो । दुई वर्षको डेटिङ पछि यो जोडीले बिहे गरेको थियो । यो अन्नाको दोस्रो बिहे थियो । पहिलो पतिबाट अन्नाको एक छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान
-
अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी
-
६ जना मृत अवस्थामा फेला
-
टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ