‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
पोखरा । कास्कीको रुपा गाउँपालिकाले पालिकाभरिका नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ ।
नयाँ वर्षको अवसरमा यही वर्ष रुपाले सबै नागरिकको बीमा गर्ने अभियान सुरु गरेको हो । साढे ३ हजार घरधुरी रहेको रुपामा अहिलेसम्म ५ सय परिवारको विमा भइसकेको छ ।
बाँकी रहेकालाई यही वर्ष विमामा सहभागी गराउने तयारी रहेको पालिकाले जनाएको छ ।
विमा गर्दा लागे ३ हजार ५ सय को ५० प्रतिशत पालिकाले व्यहोर्ने छ । यसका लागि रुपाले चालू वर्षमा २० लाख विनियोजन गरेको छ ।
नागरिकको स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले विमालाई विस्तार गरिएको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
‘सानो रोग लाग्दा पनि उपचारको पहुँच जनतासँग छैन । पालिकाले विमामा प्रोत्साहन गरे उनीहरुको ज्यान बचाउन सकिन्छ,’ उनले भनिन्,‘जनताको लाखौं रुपैयाँ जोगिन्छ । पैसा नभएर उपचारको अभावमा अकालमै मर्नुपर्दैन ।’
पालिकाले आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ । २ जना विशेषज्ञ डाक्टर सहित २८ स्वास्थ्यकर्मी अस्पतालमा चौविसै घण्टा यहाँ बस्ने गरेका छन् ।
अस्पताललाई उपकरणयुक्त बनाउँदै स्वास्थ्य विमा मार्फत निशुल्क उपचारको लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको अध्यक्ष ओझाको भनाइ छ ।
अस्पताल सञ्चालनमा पालिकाले छुट्टै ५० लाख बर्सेनि खचिँदै आएको छ । अधिकांश पालिकाबासीले गाउँबाटै सेवा पाएका पालिकाको दावी छ ।
‘३० प्रतिशत विरामी पनि रिफर गर्नुपर्दैन । सानातिना उपचार गाउँकै अस्पतालबाट पाएका छन्,’ प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले भने,‘करारमा ३७ जना स्वास्थ्यकर्मी नियुक्त गरेका छौं । विहान ८ बजेदेखि नै ओपिडी सञ्चालन हुन्छ ।’
पालिकाकै अस्पतालमा स्वास्थ्य विमाको सुविधा पाएपछि नागरिकलाई सहज भएको प्रमुख प्रशासकीय अधिकृत बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण