जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
बेइजिङ । चीनले विश्वको सबैभन्दा अग्लो पुल सञ्चालनमा ल्याउँदैछ । दक्षिण पश्चिम चीनको गुइजोउमा बनिरहेको हुआजियाङ ग्र्यान्ड क्यान्योन ब्रिज जुनदेखि सञ्चालमा आउँदैछ । यो पुल नदीको सतहदेखि २ हजार ५१ फिट माथि छ ।
अहिले विश्वको सबैभन्दा अग्लो पुलको रुपमा रहेको फ्रान्सको मिलाउ भियाडक्टमा रहेको पुलको तुलनामा यो पुल ९४७ फिट अग्लो छ । यो पुल हुआजियाङ ग्र्यान्ड क्यान्योनमाथि बनेको छ । यो स्टिलबाट बनेको ट्रस सस्पेन्स पुल हो ।
यसको कूल लम्बाई ९ हजार ४२८ फिट रहेको छ । यो पुल बनाउने काम २०२२ को जनवरी १८ मा सुुरु भएको थियो । पुल यही जुन ३० सम्म पूरै बन्ने आशा गरिएको भन्दै स्थानीय पत्रिकाले समाचार छापेका छन् ।
यो पुलको तौल झन्डै २२ हजार टन छ । यो भनेको तीनवटा आइफिल टावर बराबर हो । पुलको निर्माण कार्य लगभग ९५ प्रतिशत सकिसकेको छ । यो पुल गुइझोउको ठूलो पर्यटकीय गन्तव्य बन्ने आशा गरिएको छ ।
यस पुलमा बञ्जीजम्प पनि बनाइँदैछ । गुइजाउ पहाडी क्षेत्र हो । विश्वका सय अग्ला पुलमध्ये आधा पुल गुइझोउमै छन् । यसअघि चीनले २०१६ मा आफ्नो देशको सबैभन्दा अग्लो पुल बनाएको थियो । यो पुलको उचाई १८५४ फिट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण