धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ५० औं दीक्षान्त समारोहमा ‘गाउन’ लिनको लागि जम्मा भएको धरौटी रकम फिर्ता लैजान सुचना जारी गरेको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालयले एक सुचना जारी गर्दै गाउन लिनको लागि जम्मा भएको धरौटी रकम फिर्ता लैजान विद्यार्थीहरुलाई आग्रह गरेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्धारा जारी सुचनामा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा गाउन लिनको लागि जम्मा भएको धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि विद्यार्थीहरुले अनलाइन मार्फत भरेको विवरणमा रकम फिर्ता गर्न पटक-पटक बैंकबाट कनेक्ट आएपिएस मार्फत् प्रयास गर्दा विभिन्न कारणले रकम फिर्ता हुन नसकेकोले हालसम्म रकम फिर्ता हुन नसकेका विद्यार्थीहरुले मिति २०८२।०१।१५ गते भित्र आफ्नो नाम थर, बैइको नाम, शाखा र खाता नं। प्रष्ट रुपमा उल्लेख गरी लेखा शाखाले तयार गरेको निवेदनको ढाँचा अनुसार विवरण भरी बुझाउन हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’
साथै तोकिएको समय भित्र निवेदन प्राप्त नभई रकम फिर्ता नभएमा उक्त रकम कार्यालयको आम्दानीमा बाँधिने समेत जारी सुचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण