ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईसहित विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितले दायर गरेको मुद्दामा सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका अतिरिक्त पूर्वमुख्य सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।
२०६६÷६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णय मन्त्रिपरिषद्बाट भएको थियो । यस्तै, २०६९ मा पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गर्ने निर्णय गर्दा भट्टराई प्रधानमन्त्री थिए । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णय गर्दा पौड्याल नेपाल सरकारको मुख्यसचिव थिए ।
उनीहरूविरुद्ध पनि मुद्दा चल्नुपर्ने मागसहित रिट निवेदन दायर भएको थियो । यस सम्बन्धी ती वटा रिट निवेदनलाई पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले यसअघि नै आदेश दिइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण