३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
_kDvoYpJ9qh.jpg)
काठमाडौँ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टाेलीले अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेका छन् ।
त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी ४ खुटवा बस्ने पवन कुमार साहलाई पक्राउ गरेको छ ।
आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी उनलाई पक्राउ गरिएकाे हाे ।
गए राति नै इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पचरौता १ मुसहरीटोल स्थित मकै बारी हुँदै भारत तर्फ ओसार पसार गर्दै गरेको ६० किलो गाँजासहित राजबिहारी कुमारलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा