प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै
काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक बस्ने भएको छ। हिजो राति प्रधानमन्त्री र सभामुखसँग छलफल भएपछि महासंघको बैठक बस्न लागेको हो। आज दिउसो ३ः १५ बजे बानेश्वरमा रहेको रत्नराज्य मावि बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।
बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ।
हिजो मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो । राती ९ बजेदेखि प्रधानमन्त्रीसँग भएको छलफल करिब २ घण्टा चलेको थियो । छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने बताएका थिए । त्यसपछि राति नै ११ः ३० बजे सभामुख घिमिरेसँग भेट भएको थियो । उनीसँगको भेटको क्रममा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको थियो ।
छलफलका लागि अध्यक्ष सुवेदीसहित सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी सहभागी थिए । छलफलपछि महासंघले चैत २० गतेदेखि गर्दै आएको आन्दोलन यथावत् राखेको छ। आज पनि माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शन गरिने महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण