इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
रोम । इरान र संयुक्त राज्य अमेरिकाबिच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको उच्चस्तरीय वार्ता शनिबार इटालीको राजधानी रोममा सुरु हुँदैछ । एक साताअघि मस्कटमा सम्पन्न पहिलो चरणको संवादलाई दुवै पक्षले सकारात्मक र रचनात्मक भएको बताएका थिए ।
इरानी परराष्ट्रमन्त्री माननीय अब्बास अराघ्ची शनिबार बिहान रोम पुगेका छन् । उनी अमेरिकी मध्यपूर्वका विशेष दूत श्री स्टीव विटकोफसँग वार्तामा सहभागी भएका हुन् । वार्ता ओमानको मध्यस्थतामा सञ्चालन भइरहेको छ ।
सन् २०१८ मा अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि यो पहिलो पटक यति उच्चस्तरमा संवाद भइरहेको हो । सम्झौता अनुसार इरानले आणविक कार्यक्रममा केही सीमाहरू स्वीकृत गरेको थियो, जसको सट्टामा उसमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएका थिए ।
इरानले बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र भएको स्पष्ट पार्दै आएको छ । अमेरिकासहित केही पश्चिमी राष्ट्रहरूले इरान आणविक हतियार बनाउन सक्ने आशङ्का व्यक्त गर्दै आएका छन् ।
अराघ्चीले पहिलो चरणको वार्तामा अमेरिकी पक्षबाट केही गम्भीरता देखिएको बताए, यद्यपि उनले अमेरिकाको उद्देश्यप्रति अझै केही आशङ्का रहेको समेत उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षण संस्था (आएइए) का महानिर्देशक श्री राफाएल ग्रोसीले हालैको एक अन्तर्वार्तामा अमेरिका र इरान ‘एक अत्यन्तै संवेदनशील मोड’ मा पुगेको बताए ।
इरानले स्पष्ट रूपमा वार्ता केवल आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा सीमित हुनुपर्ने बताएका छन् । इरानी अधिकारीहरूले युरेनियम प्रशोधनको अधिकारलाई ‘असम्झौतायोग्य’ भनेका छन् र मिसाइल कार्यक्रम वा अन्य सुरक्षा मामिलामा कुनै पनि छलफल नगर्ने अडान दोहोर्याएका छन् ।
दुवै पक्षबिचको यो वार्ता क्षेत्रीय शान्ति, स्थायित्व र अन्तर्राष्ट्रिय विश्वास निर्माणका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण