बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
युके । बेलायतको सर्वोच्च अदालतले बेलायतको समानता कानुनअन्तर्गत महिला र लिङ्ग शब्दहरूले जैविक महिला र जैविक लिङ्गलाई जनाउने फैसला सुनाएको छ । जसले नारीवादी समूहहरू र स्कटिस सरकारबिच लामो समयदेखि चलिरहेको अदालती लडाइँको पनि अन्त्य गरिदिएको छ ।
१६ अप्रिल अर्थात् बुधबारको फैसलामा ‘महिला’ भन्नाले जैविक रूपमा महिला भएर जन्मिएको व्यक्तिलाई जनाउने र ट्रान्समहिलाहरू अब कानुनी रूपमा यस परिभाषामा नपर्ने सुनाइएको छ । अर्थात् महिलाहरूका लागि आरक्षित ठाउँ र सेवाहरूलाई ‘ट्रान्स महिला’ लाई सामाजिक वा चिकित्सा रूपमा संक्रमण भएका वा महिलाको रूपमा पहिचान गर्ने पुरुषहरू समावेश गर्न विस्तार गर्ने कि नगर्ने भन्ने नीतिहरूमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
_YzYhmNLOw0.jpg)
यद्यपि यो मुद्दा सुरु स्कटल्यान्डबाट सुरु भएको थियो । अदालतले कानुनको व्याख्या गर्ने कार्यले इङ्गल्यान्ड र वेल्ससहित सम्पूर्ण बेलायतमा प्रभावकारी हुने ठानिएको छ । अदालतको यस निर्णयप्रति मिश्रित प्रतिक्रियाहरू आएका छन् । कानुनी मुद्दामा संलग्न नारीवादी वकालत समूहहरूले सन्तुष्टि व्यक्त गरेका छन्, जबकि ट्रान्स समूहहरू र स्कटिस सरकारका केही सदस्यले भविष्यमा हुने भेदभावबारे निराशा र डर व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण