ला लिगामा एटलेटिकोलाई फेरि झट्का
आइतबार, ०७ वैशाख २०८२, ०५ : ५५

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड फेरि पराजित भएको छ । शनिबार राती भएको खेलमा एटलेटिको लस पल्मससँग १-० ले हारेको हो ।
घरेलु मैदानमा पल्मसलाई जिताउन जाभी मुनोजले निर्णायक गोल गरे । उनले इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यो हारले एटलेटिकोलाई उपाधि दौडमा उक्लिनबाट रोकेको छ ।
दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमाएको एटलेटिकोको ३२ खेलबाट ६३ अंक छ । एक खेल कम रियालको ६६ अंक हुँदा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ अंक छ ।
ला लिगामा बार्सिलोना ४-३ ले विजयी हुँदा रायो भायकानो र भ्यालेन्सियाले १-१ को बराबरी तथा मलोर्का र लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च