ला लिगामा एटलेटिकोलाई फेरि झट्का
आइतबार, ०७ वैशाख २०८२, ०५ : ५५
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड फेरि पराजित भएको छ । शनिबार राती भएको खेलमा एटलेटिको लस पल्मससँग १-० ले हारेको हो ।
घरेलु मैदानमा पल्मसलाई जिताउन जाभी मुनोजले निर्णायक गोल गरे । उनले इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यो हारले एटलेटिकोलाई उपाधि दौडमा उक्लिनबाट रोकेको छ ।
दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमाएको एटलेटिकोको ३२ खेलबाट ६३ अंक छ । एक खेल कम रियालको ६६ अंक हुँदा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ अंक छ ।
ला लिगामा बार्सिलोना ४-३ ले विजयी हुँदा रायो भायकानो र भ्यालेन्सियाले १-१ को बराबरी तथा मलोर्का र लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण