सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

घरेलु मैदानमा बेंगलुरुविरुद्ध १५७ रनमै रोकियो पञ्जाव

आइतबार, ०७ वैशाख २०८२, १७ : २५
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । जारी आईपीएलअन्तर्गत ३७ खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई समान्य लक्ष्य दिएको छ । 

घरेलु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको हो । 

आज पञ्चाजबका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । ओपनर प्रियन्स आर्या मात्र २२ रनमा आउट भए भने प्रभसिमरिन सिंह ३३ र जस इंग्लिसले २९ रन बनाए ।

कप्तान श्रेयस अय्यर मात्र ६ रनमा पेभेलियन फर्किए भने ५ रन बनाएका नेहाल वाधेरा पनि रन आउटको शिकार भए । त्यस्तै शशांक सिंहले ३१ तथा मार्को योन्सनले २५ रन बनाए । 

बेंगलुरुका क्रुनाल पाण्ड्या र सुयस सिंहले २/२ विकेट लिए  भने रोमियो शेफर्डले एक विकेट लिए । 
 

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप