घरेलु मैदानमा बेंगलुरुविरुद्ध १५७ रनमै रोकियो पञ्जाव
आइतबार, ०७ वैशाख २०८२, १७ : २५
काठमाडौँ । जारी आईपीएलअन्तर्गत ३७ खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई समान्य लक्ष्य दिएको छ ।
घरेलु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
आज पञ्चाजबका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । ओपनर प्रियन्स आर्या मात्र २२ रनमा आउट भए भने प्रभसिमरिन सिंह ३३ र जस इंग्लिसले २९ रन बनाए ।
कप्तान श्रेयस अय्यर मात्र ६ रनमा पेभेलियन फर्किए भने ५ रन बनाएका नेहाल वाधेरा पनि रन आउटको शिकार भए । त्यस्तै शशांक सिंहले ३१ तथा मार्को योन्सनले २५ रन बनाए ।
बेंगलुरुका क्रुनाल पाण्ड्या र सुयस सिंहले २/२ विकेट लिए भने रोमियो शेफर्डले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण