रिहा भएलगत्तै भारत जाने तयारीमा राप्रपाका महामन्त्री राणा
काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए ।
उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् ।
उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ ।
क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । उनलाई तीनकुने घटनामा संलग्न रहेको भनेर गत चैत १५ गते पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका थियो ।
चैत १५ गते नै राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै हिंसा भड्काउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको हो । उनको बयान सकिइसकेको छ भने आवश्यक परेको बेला उपस्थित गराउने गरी परिवारलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण