वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ

चितवन । डिभिजन वन कार्यालयमा १०२ मुद्दा फछ्र्योट हुन बाँकी छन् । आर्थिक वर्ष २०७६/७७ देखिका ती मुद्दा फछ्र्योट हुन बाँकी रहेका हुन् ।
आव २०७६/७७ देखि चालु आवको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फछ्र्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् ।
आव २०७६/७७ मा १३ , २०७७/७८ मा ३७, २०७८/७९ मा ४३ मुद्दा दर्ता भएका थिए । यस्तै २०७९/८० मा २७ , २०८०/८१ मा २९ र चालु आवको हालसम्म २० मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९फरार प्रतिवादी रहेको उनले जानकारी दिए। मुद्दामा संलग्न व्यक्तिहरुबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।
कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फछ्र्योट गर्ने विषयमा दुविधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरु गत आवबाट मात्रै फछ्र्योट हुन सुरु गरेको हो । फैजदारी संहिता आएसँगै रोकिएको फछ्र्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फछ्र्योट सङ्ख्या कमी भएको हो ।
कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुनल सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरु प्रदेश सरकारमा रहेकाले दुविधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप