धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

समाचार सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
- राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दा दायर भएको थियो, जसमा उनी फरार थिए र आज अदालतमा उपस्थित भएका थिए।
- यसअघि तीनकुने घटनामा केही व्यक्ति धरौटीमा छुटेका थिए भने दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।
राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन थिए ।
राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन् । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने