धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
- राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दा दायर भएको थियो, जसमा उनी फरार थिए र आज अदालतमा उपस्थित भएका थिए।
- यसअघि तीनकुने घटनामा केही व्यक्ति धरौटीमा छुटेका थिए भने दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।
राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन थिए ।
राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन् । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण