विराटले बनाएको कीर्तिमान चार घण्टापछि नै रोहितले तोडे
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुईवटा खेल खेलिएको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई नौ विकेटले पराजित गरेको थियो ।
यी दुवै खेलमा आ–आफ्नो टोलीलाई जित दिलाउन भारतका दुई प्रभावशाली ब्याट्सम्यान विराट कोहली र रोहित शर्माले महत्त्वपूर्ण योगदान गरेका थिए । बेंगलुरुलाई विजयी बनाउन पूर्वकप्तान विराटले अविजित ७३ रनको योगदान गरेका थिए ।
यसक्रममा विराटले केवल ५४ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । अर्कोतिर, मुम्बईलाई जित दिलाउन पूर्वकप्तान रोहित शर्माले अविजित ७६ रनको योगदान गरेका थिए । उनले केवल ४५ बलमा ६ छक्का र चार चौका प्रहार गरेका थिए ।
रमाइलो पक्ष के हो भने, आइतबारको खेलमा विराट कोहलीले एउटा कीर्तिमान बनाएका थिए । तर, कोहलीले बनाएको त्यो कीर्तिमान लामो समय उनको नाममा रहन सकेन । विराटले बनाएको उक्त कीर्तिमान चार घण्टा पनि बित्न नपाउँदै रोहित शर्माले तोडेका थिए ।
पहिलो खेलमा बेंगलुरुलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत विराटले म्यान अफ दि म्याचको पुरस्कार पाएका थिए । आईपीएलको इतिहासमा विराटले पाएको त्यो १९औँ म्यान अफ दि म्याच पुरस्कार थियो ।
त्यसपछि विराट आईपीएलको इतिहासमा सबैभन्दा बढी म्यान अफ दि म्याचको पुरस्कार पाउने भारतीय खेलाडीको सूचिमा रोहित शर्मासँगै संयुक्त रूपमा पहिलो स्थानमा उक्लिएका थिए । तर, त्यसको चार घण्टापछि नै रोहितले पुनः विराटलाई पछि पारेका थिए ।
चेन्नईविरुद्धको खेलमा मुम्बईलाई जित दिलाएबापत रोहितले पनि म्यान अफ दि म्याचको पुरस्कार पाएका थिए । आईपीएलको इतिहासमा रोहितले पाएको यो २०औँ म्यान अफ दि म्याच पुरस्कार हो । त्यसपछि रोहित विराटलाई पछि पार्दै फेरि यो सूचिमा पहिलो स्थानमा उक्लिए ।
आईपीएलको इतिहासमा सबैभन्दा बढी म्यान अफ दि म्याचको पुरस्कार पाउने खेलाडी भने एबी डेभिलियर्स हुन् । उनले हालसम्म २५ पटक प्लेयर अफ दि म्याचको पुरस्कार पाएका छन् । यो सूचिमा दोस्रो स्थानमा क्रिस गेल छन् । उनले २२ पटक प्लेयर अफ दि म्याच अवार्ड हात पारेका छन् ।
यसैगरी, तेस्रो स्थानमा रहेका रोहित शर्माले २० पटक र चौथो स्थानमा रहेका विराट कोहलीले १९ पटक प्लेयर अफ दि म्याच अवार्ड पाएका छन् । पाँचौँ स्थानमा रहेका डेभिड वार्नर १८ पटक र छैटौँ स्थानमा रहेका महेन्द्रसिंह धोनी पनि १८ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण