पोप फ्रान्सिसको निधनपछि इटालियन सिरिएका खेलहरु स्थगित
सोमबार, ०८ वैशाख २०८२, १६ : ४१

काठमाडौँ । पोप फ्रान्सिसको निधनका कारण इटालियन सिरिए फुटबल प्रतियोगिताका खेलहरु स्थगित गरिएको छ । सोमबार राति हुने भनिएको सबै खेल स्थगित गरिएको सिरिएले जनाएको छ ।
क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको हो । इटालियन सिरिएमा सोमबार राति टोरिनो र युडिनेस, काग्लिआरी र फियोरेन्टिना, जेनोआ र लाजियो तथा पार्मा र युभेन्ट्सबिच खेल हुने कार्यक्रम थियो ।
पोप फ्रान्सिस आफै पनि फुटबलप्रेमी थिए । उनी अर्जेन्टिनी क्लब सान लोरेन्जका समर्थक पनि थिए । विश्वभरका थुप्रै क्लबले पोप फ्रान्सिसप्रति हार्दिक श्रृद्धाञ्जली व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’