पोप फ्रान्सिसको निधनपछि इटालियन सिरिएका खेलहरु स्थगित
सोमबार, ०८ वैशाख २०८२, १६ : ४१
काठमाडौँ । पोप फ्रान्सिसको निधनका कारण इटालियन सिरिए फुटबल प्रतियोगिताका खेलहरु स्थगित गरिएको छ । सोमबार राति हुने भनिएको सबै खेल स्थगित गरिएको सिरिएले जनाएको छ ।
क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको हो । इटालियन सिरिएमा सोमबार राति टोरिनो र युडिनेस, काग्लिआरी र फियोरेन्टिना, जेनोआ र लाजियो तथा पार्मा र युभेन्ट्सबिच खेल हुने कार्यक्रम थियो ।
पोप फ्रान्सिस आफै पनि फुटबलप्रेमी थिए । उनी अर्जेन्टिनी क्लब सान लोरेन्जका समर्थक पनि थिए । विश्वभरका थुप्रै क्लबले पोप फ्रान्सिसप्रति हार्दिक श्रृद्धाञ्जली व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण