अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
भ्याटिकन सिटी । सोमबार बिहान भ्याटिकन सिटीमा पोप फ्रान्सिसको निधन भयो । कार्डिनल केभिन फारेलले पोपको मृत्युको घोषणा गरे। पोप ८८ वर्षका थिए । पोप फ्रान्सिसले रोममा स्थानीय समयअनुसार बिहान ७ः ३५ बजे अन्तिम सास फेरेको फारेलले आफ्नो घोषणामा भनेका थिए ।
पोप फ्रान्सिस क्याथोलिक चर्चहरूमा सुधारका लागि पनि परिचित छन् । यति हुँदाहुँदै पनि पोप परम्परावादीहरू माझ पनि लोकप्रिय रहे । फ्रान्सिस ल्याटिन अमेरिकाका पहिलो पोप थिए । फ्रान्सिसको मृत्युसँगै नयाँ पोप छनोट गर्न शताब्दी पुरानो छनोट प्रक्रिया अब सुरु हुनेछ । कसरी छानिन्छन् पोप ?
पोपको मृत्युपछि, विश्वभरका सबै कार्डिनलहरू नयाँ पोप चयन गर्न भेला हुन्छन् । यी सबै मानिसहरू कन्क्लेभमा बस्छन् । एकपटक कन्क्लेभ सुरु भएपछि, नयाँ पोप चयन नभएसम्म उनीहरू त्यहीँ बस्नुपर्छ । हाल विश्वभर २५२ कार्डिनलहरू छन्, जसमध्ये १३५ कार्डिनलहरूले पोप निर्वाचित गर्न मतदान गर्नेछन् ।
के हो कन्क्लेभ ?
आधुनिक युगमा, मोबाइल फोन, सेलुलर फोन र ट्रान्समिटर रेडियोको आगमनसँगै कन्क्लेभलाई गोप्य राख्नमा बढी जोड दिइएको छ । कुनै पनि जानकारी चुहावट नहोस् भनेर कार्डिनलहरू बस्ने सम्पूर्ण क्षेत्र जाँच गरिन्छ । सबै कार्डिनलहरू सिस्टिन चैपलमा खान्छन्, मतदान गर्छन् र सुत्छन् ।
रेडियो, टेलिभिजन र सञ्चारका अन्य माध्यमहरूमाथि प्रतिबन्ध लगाइन्छ । कार्डिनलहरूको हेरचाह गर्न भान्से, डाक्टर र केही नोकरहरू हुन्छन् । कुनै पनि कार्डिनलले आफ्ना सहयोगीलाई सम्मेलनमा लैजान सक्दैनन् । ८० वर्ष मुनिका सबै कार्डिनलहरू भेला भएपछि, ल्याटिन भाषामा चुनाव प्रक्रियामा संलग्न नभएकाहरू बाहिर जाउ भन्ने आदेश दिइन्छ । यसपछि ढोका बन्द गरिन्छ । यसपछि सारा संसार नयाँ पोपको चयनको लागि पर्खिन्छन् ।
कसरी निर्वाचित हुन्छन् पोप ?
भ्याटिकनले मतदान प्रक्रियाको बारेमा स्पष्ट जानकारी दिएको छैन । तर प्रत्येक कार्डिनलले आफूले छानेको पोपको नाम कार्डमा लेख्छन् र प्लेटमा राख्छन् । यी सबै कार्डलाई एकै ठाउँमा जम्मा गरिन्छन् । उनीहरूबिच कुनै कुराकानी हुँदैन । कार्डिनलहरूले आफूलाई मन पर्ने पोपको नाम लेखेपछि दुई राउन्डमा गणना गरिन्छ र यी कार्डहरू जलाइन्छन् ।
१९७५ मा पोप पल छैटौँले चुनाव प्रक्रिया तय गरेका थिए । ८० वर्षभन्दा माथिका कार्डिनलहरूले मतदान नगर्ने निर्णय पनि उनले नै गरेका थिए । पोप जोन पल द्वितीयले १९९६ मा यसमा केही परिवर्तन गरे । पहिले पोप निर्वाचित गर्न दुई तिहाइ बहुमत आवश्यक थियो । तर पछि यसमा परिवर्तन गरिएको छ । अब पोप बन्न आधाभन्दा बढी मत चाहिन्छ । कन्क्लेभका दुई चरणहरू छन्, प्रत्येक चरणको फरक–फरक आवश्यकताहरू छन् ।
धुवाँको रङले के सङ्केत गर्छ ?
यी मतपत्रहरूबाट निस्कने धुवाँको रले सेन्ट पिटर्स स्क्वायरमा पर्खिरहेका मानिसहरूलाई पोप निर्वाचित भएको छ कि छैन भनेर बताउँछ । यदि धुवाँ सेतो छ भने, यसको अर्थ नयाँ पोप निर्वाचित भएको भन्ने हुन्छ । तर धुवाँको रङ्ग कालो हुनुको अर्थ पोपको नाममा सहमति नभएको र अझै पर्खनुपर्छ भन्ने हुन्छ ।
यो धुवाँ सिस्टिन चैपलको चिम्नीबाट निस्कन्छ । कन्क्लेभका नियमहरू हरेक हिसाबले धेरै कडा छन् । तर नियमहरूले धुवाँको रङ्गको बारेमा केही पनि भन्दैनन् । यो धुवाँ र यस धुवाँको रङले मात्र कन्क्लेभ के भइरहेको छ भनेर बताउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण