शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्रीकै कमजोरीको संकेत हो
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिएको बताएका छन् ।
शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा बताएका हुन् । शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असरस्वरूप मन्त्रीको राजीनामा आउनु स्वयंम मन्त्रीकै कमजोरी भएको उनले बताए ।
मन्त्री भएको वेलादेखि नै भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेको समेत बस्नेतले फेसबुकमा लेखेका छन् ।
उनले लेखेका छन्,‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघ सँग वार्ता गर्न नसक्नु र त्यसको असरस्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण