अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
_WuArQDioCe.jpg)
अमेरिकाको भर्जिनिया राज्यको अलेकजेन्ड्रिया शहरमा गत अप्रिल २० का आइतबारका दिन भव्य रूपमा चौथो बिस्का जात्रा मनाइएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम अलेकजेन्ड्रिया सहरको एक पार्कमा गरिएको थियो ।
जात्रा सुरु गर्नु अगाडि प्रारम्भमा गणेश देउतालाई पूजा गरिएको थियो । त्यस पछि विविध संस्कृति झल्काउने प्रकारका बालबालिकाका नेवारी लगायत विविध संस्कृति झल्कने प्रकारका विभिन्न जातजातिकाका गीत तथा नृत्यहरू प्रस्तुति गरिएको थियो ।
यस पटक करिब अढाई दर्जन बालबालिकाहरूले विविध संस्कृति झल्काउने भेसभुसा लगाई फेशन सो अर्थात् भेसभुसा प्रदर्शन गरेका थिए । अमेरिका जस्तो देशमा समय व्यवस्थापन गर्दै उनीहरुले धेरै मेहनत गरी बेजोड प्रस्तुति गरे । यो नै मुख्य कार्यक्रम रहेको थियो भने यसलाई राजश्री श्रेष्ठले अथक मेहनत गरी अत्यन्तै सफल बनाएकी थिइन् । भेषभूषाकी परिकल्पनाकार राजश्री श्रेष्ठलाई विशेष सहयोग समिधा श्रेष्ठले गरेकी थिइन् ।
जात्रा , विशेष प्रस्तुति र विविध संस्कृति झल्काउने भेसभुसा प्रदर्शन हेर्न मेरिल्याण्ड राज्यकी प्रिन्स जर्ज काउन्टीको ग्लेनआरडेनकि नगर प्रमुख क्याशिना ए क्रस प्रमुख अतिथिको रूपमा उपस्थित भएकी थिइन् । नेवा समुदायले आयोजना गरेको बिस्का जात्रामा देख्दा विविध प्रस्तुति र भेसभुसा देखा आश्चर्य भइन ।
उनले निकै अभिरुचि पूर्ण अवलोकन गरिन । उनले प्रस्तुतिको साथै विशेष योगदान पुर्याउने व्यक्तित्वको साथै बालबालिकालाई पुरस्कार समेत वितरण गरिन ।
ल्याम्ह अमेरिका गुठीका सभापति पुष्कार प्रजापतिले जात्रा समाप्त पछि सबैलाई धन्यवाद ज्ञापन दिएका थिए । साथै उनले सामाजिक सञ्जाल मार्फत ल्याम्ह अमेरिका गुठीको तर्फबाट सबैलाई आफ्नो सांस्कृतिक, अर्थपूर्ण र सफल उत्सवमा सहभागी भई साथ र सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।
यस वर्षको कार्यक्रम पनि विगतका वर्षहरूको ऊर्जा र आत्मालाई निरन्तरता दिँदै अत्यन्त सफल रह्यो। हाम्रा समर्पित सदस्यहरू, उत्साही स्वयंसेवकहरू, प्रतिभाशाली प्रस्तुतकर्ता, हाम्रा प्यारा नानी–बाबुहरू र उनीहरूलाई साथदिने अभिभावकहरूको माया, मेहनत र जोशले यो उत्सव अझै विशेष बनायो भन्दै प्रजापतिले सामाजिक संजालमा अत्यन्तै खुसी व्यक्त गरेका छन् । साथै उनले कार्यसमिति सदस्यहरू, स्वयंसेवक, सहयोगी, समुदायका सदस्यहरू, प्रायोजकहरू, शुभचिन्तकहरू र सल्लाहकारहरू सबैलाई धन्यवाद दिएका छन् ।
विभिन्न कार्यक्रम करिब १ बजे देखि सुरु भएको भने सिन्दुर जात्रा करिब ४:०० देखि सुरु भै करिब १ घण्टा चलेको थियो । सिन्दूर जात्रामा सबैले रथ बोकेका थिए । उपस्थित सबैले बाजा गाजा सहित सिन्दूर यात्रा सहित कार्यक्रम स्थलकै जङ्गल वरिपरि परिक्रमा गरिएको थियो । जात्रा ५:३० बजे सकिएको थियो ।
सिन्दूर जात्रासँगै भर्जिनियामै निर्माण गरेको रथ महिला तथा पुरुषहरूले पालै पालो सँग बोकेका थिए । त्यहाँ उपस्थित भएका अधिकांश नेवा समुदायले परम्परागत लुगाहरू लगाएका थिए । त्यहाँ अभिभावकहरूसँग आएका दोस्रो पुस्ताका बालबालिकाले समेत निकै मनोरञ्जन गरेका थिए । उक्त जात्रा हेर्न छिमेक राज्यहरूबाट पनि मानिसहरू आएका थिए ।
उक्त जात्रामा धिमे नृत्य ,साङ्गीतिक प्रस्तुति , पारम्परिक नृत्य लगायत अन्य प्रस्तुति गरिएको थियो । साथै जात्रा उत्सवमा बालबालिकाको मनोरञ्जनको लागि मुखाकृति चित्रकला कला तथा शिल्पकला तथा चित्रक्रिया लगायतको आयोजना गरिएको थियो ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा ८ रात ९ दिनसम्म धूमधामसाथ भक्तपुरमा मनाइन्छ भने ठिमिमा ३ दिन मनाइन्छ । जात्रा बिषेशत भक्तपुरमा तथा धापासी, टोखा र ठिमिमा वार्षिक रूपमा मनाइने पर्व हो ।
स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छवि कालदेखि मनाउँदै आइएको छ ।
जात्राको ऐतिहासिक पक्षका सवालको सन्दर्भमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको बताइएको छ ।
हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएको केही संस्कृतिविद् बताउँछन् ।
इतिहासकारहरू भने ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउथ सुडान मिसनमा जाने १२औँ डफ्फाको बिदाइ
-
रुसको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ
-
चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा
-
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री यादव
-
यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्