मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
काठमाडौँ । गएको चैत २३ गते सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा प्राडा विजय मिश्र प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई दुई हजार ४३१ मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए ।
मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा श्रेष्ठ २ हजार ६२१ मा समेटिएका थिए । गत शनिवार मात्रै मिश्रसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले शपथ ग्रहण गरेका छन् ।
मिश्र परिवारको सुखद संयोग कस्तो भन्दा त्यसको दुई दिनमै छोरी विधिशा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कोषाध्यक्ष निर्वाचित भएकी छन् ।
कोषाध्यक्ष पदमा विधिशा ८६४ मतसहित निर्वाचित भएकी हुन् । उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट निर्वाचित भएकी हुन् ।
यता मिश्र पनि नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डेम्रोक्राटिक लयर्स एसोसिएसनका सदस्य हुन् भने उनी छोरी विधिशा स्ववियु कोषाध्यक्ष निर्वाचित भएको नेपाल ल क्याम्पसका प्राध्यापक समेत हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण