मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित

मङ्गलबार, ०९ वैशाख २०८२, १० : ४०
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । गएको चैत २३ गते सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा प्राडा विजय मिश्र प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई दुई हजार ४३१ मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए ।

 मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा श्रेष्ठ २ हजार ६२१ मा समेटिएका थिए । गत शनिवार मात्रै मिश्रसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले शपथ ग्रहण गरेका छन् । 

 मिश्र परिवारको सुखद संयोग कस्तो भन्दा त्यसको दुई दिनमै छोरी विधिशा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कोषाध्यक्ष निर्वाचित भएकी छन् ।

कोषाध्यक्ष पदमा विधिशा ८६४ मतसहित निर्वाचित भएकी हुन् । उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट निर्वाचित भएकी हुन् ।

यता मिश्र पनि नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डेम्रोक्राटिक लयर्स एसोसिएसनका सदस्य हुन् भने उनी छोरी विधिशा स्ववियु कोषाध्यक्ष निर्वाचित भएको नेपाल ल क्याम्पसका प्राध्यापक समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप