ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
बोस्टन । हार्वर्ड विश्वविद्यालयले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले पाउँदै आएको २ अर्ब २० करोड डलरभन्दा बढीको अनुदान प्रशासनले रोकेको थियो । यसैको विरुद्धमा विश्वविद्यालय म्यासाचुसेट्सको संघीय अदालतमा पुगेको हो ।
क्याम्पसमा ‘एक्टिभिजम’ कम गर्न ट्रम्प प्रशासनले गरेको अनुरोध विश्वविद्यालयले स्वीकार गर्न अस्वीकार गरेपछि यो कदम चालिएको थियो । विश्वविद्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पैसा रोक्ने निर्णयलाई अवैध र सरकारको अधिकारभन्दा बाहिर भनेको छ ।
अप्रिल ११ मा ट्रम्प प्रशासनले हार्वर्डलाई पत्र पठाएर विश्वविद्यालयमा व्यापक सरकारी र नेतृत्व सुधारको माग गर्दै यसको भर्ना नीतिहरूमा परिवर्तनको माग गरेको थियो । प्रशासनले विश्वविद्यालयलाई क्याम्पसमा विविधताप्रतिको आफ्नो दृष्टिकोणको अडिट गर्न र केही विद्यार्थी क्लबहरूलाई मान्यता दिन बन्द गर्न पनि भनेको थियो ।
विश्वविद्यालय यी मागहरूसामु नझुक्ने हार्वर्डका अध्यक्ष एलन गार्बरले भनेका थिए । यसको जवाफमा सरकारले विश्वविद्यालयले संघीय सरकारबाट पाउँदै आएको अर्बौ डलर रोकिदियो ।
सरकारको कारबाहीको परिणाम अत्यन्तै गम्भीर हुने हार्वर्डका अध्यक्ष एलन गार्बरले बताएका छन् । बढ्दो यहूदी–विरोधी भावनाबारे जायज चिन्ताहरू छन् भन्ने कुरा एक यहूदी र एक अमेरिकीको रूपमा आफूले राम्ररी बुझेको उनले बताएका छन् ।
कसलाई भर्ना गर्छ अनि कसलाई पढाउँछ भनेर सरकारले नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा विश्वविद्यालयहरूसँग कानुनी रूपमा संलग्न हुनु आवश्यक रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण