विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
काठमाडौँ । वातावरणीय सन्तुलन र हरित भविष्यको प्रवर्द्धन गर्ने उद्देश्यले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड बौद्ध शाखाले ‘विश्व पृथ्वी दिवस’को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बौद्ध क्षेत्रको वडानं ६ अन्तर्गत पर्ने बागमती करिडोर क्षेत्रमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी ईश्वर पुडासैनीको सक्रिय सहयोग प्राप्त भएको थियो। कार्यक्रममा विभिन्न जातका ७५ वटा बिरुवाहरू रोपिएका थिए, जसमा कपुरका ३०, कल्कीका ३५ र तेजपत्ताका १० वटा बिरुवाहरू छन् ।
कार्यक्रममा वर्ल्डलिंक बौद्ध शाखाका कर्मचारीहरू, स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। बौद्ध शाखा प्रमुख प्रतीक शाहले भने, “यस्ता साना तर प्रभावकारी कदमहरूले दीर्घकालीन वातावरणीय परिवर्तनमा ठुलो भूमिका खेल्न सक्छ। हामी आगामी दिनमा पनि हरियाली अभियानलाई निरन्तरता दिनेछौँ।”
सहभागीहरूले पृथ्वीको संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारी बोध गर्दै आगामी दिनमा यस्ता वातावरण मैत्री गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
यस वृक्षारोपण कार्यक्रमले स्थानीय सरकार, निजी क्षेत्र र समुदायको सहकार्यबाट वातावरण संरक्षण सम्भव हुने स्पष्ट सन्देश दिएको छ।
_1QTKbGHZns.jpg)
_DFFGDnbnaO.jpg)
_FRuKVVbpMM.jpg)
_ZmEjBKXEnk.jpg)
_urmMzDki8n.jpg)
_eIuZMF6Ju8.jpg)
_CCNYb0YNK9.jpg)
_GiwfJ7GjFz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण