धरापमा छ टाइगर श्राफको ज्यान ?
काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफलाई ज्यान मार्ने धम्की आएको हल्ला चलेको थियो । खार प्रहरीले एक व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनले टाइगर श्राफलाई मार्न २ लाख रुपैयाँ दिइएको गलत खबर फैलाएका थिए । आरोपीको पहिचान ३५ वर्षका मनिष कुमार सुजिंदर सिंहको रूपमा गरिएको छ ।
उनी मूल रूपमा पञ्जाबका हुन् । मनीषले सोमबार मुम्बई प्रहरी नियन्त्रण कक्षमा फोन गरेर सुरक्षा कम्पनी ट्रिगका केही मानिसहरूले अभिनेता टाइगर श्राफलाई मार्न खोजिरहेका छन् भन्ने जानकारी दिए । आरोपी मनीष कुमारले कन्ट्रोल रुमलाई टाइगरलाई मार्नको लागि आफूले उनीहरूलाई हतियार र २ लाख रुपैयाँको ठेक्का दिएको समेत बताएका थिए ।
यो धम्की आएपछि सुरक्षा प्रणाली सक्रिय भयो । तर, प्रहरीले अनुसन्धान गर्दा मनिष कुमारले नियन्त्रण कक्षलाई गलत जानकारी दिएको थाहा भयो ।
यस विषयमा खार प्रहरीले मनीष कुमार सुजिन्द्र सिंह विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले यस मामिलामा थप अनुसन्धान गरिरहेको छ । यस समाचारमा अभिनेताबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यद्यपि, टाइगरभन्दा पहिले सलमान खानलाई धम्कीपूर्ण कयौँ फोन आएका छन् । टाइगरको कामको कुरा गर्ने हो भने, उनले हिरोपन्तीबाट फिल्म उद्योगमा डेब्यू गरेका थिए । उनी बागी, अ फ्लाइङ जट, बडे मियाँ छोटे मियाँ, मुन्ना माइकल, वेलकम टु न्यूयोर्क, बागी २, स्टुडेन्ट अफ द इयर २, वार, बागी ३, हिरोपन्ती २ जस्ता चलचित्रहरूमा देखा परिसकेका छन् ।
टाइगरलाई अन्तिम पटक सिंघम अगेनमा देखिएको थियो । यसमा उनी केमियो भूमिकामा थिए । अभिनेताको आगामी फिल्म बागी ४ हो । फिल्मका अलावा, अभिनेता आफ्नो फिटनेसका कारण पनि चर्चामा रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण