ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
काठमाडौँ । हालैका दिनमा बहुमूल्य धातु सुनको भाउ बढिरहेको छ । मङ्गलबार को कारोबारमा पनि सुनको भाउमा कीर्तिमानी वृद्धि जारी रह्यो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको आलोचना गरेपछि जोखिमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको रुचि कम भएको छ ।
लगानीकर्ताहरू सेभ हेभन एसेट सुनतिर आकर्षित हुँदा सुनको भाउ आकासिएको हो ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः१५ बजे न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस ३ हजार ४६० डलर ५४ सेन्ट कायम भएको थियो ।
यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव ३९ प्रतिशत धेरै हो । मङ्गलवार को कारोबारमा स्पड गोल्डको भाउ अधिकतम ३ हजार ४९८ डलर ५० सेन्ट र न्यूनतम् ३ हजार ३१५ डलर १३ सेन्टका बीचमा रहेको थियो । सोही समयमा यूएस गोल्ड फयूचर्स प्रतिऔंस ३ हजार ४५५ डलर ९५ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ९५ प्रतिशत धेरै हो ।
ट्रम्पले लगाएको ट्यारिफको चिन्ता र ट्रम्प–पावेलबीचको खिचातानीका कारण लगानीकर्ताहरूले अमेरिकी सम्पत्तिलाई बेवास्ता गरिरहेका छन् ।
डलरको भाउ घटेसँगै लगानीकर्ताहरूले डलरसँग विपरीत सह–सम्बन्ध मानिएको सुनमा लगानी बढाइरहेको केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले भने ।
अमेरिकी अर्थतन्त्रले सुस्तीको सामना गर्न सक्ने भन्दै ट्रम्पले सोमबार पनि पावेललाई ब्याजदर घटाउन भनेका थिए । तर ट्रम्पका ट्यारिफले महँगीमा पार्ने स्पष्ट प्रभाव नदेख्दा सम्म ब्याजदर यथावत् राख्ने सुरमा पावेल छन् ।
अमेरिकाको सरकारी ऋणपत्रमा व्यापक सेल अफ देखिएपछि त्यहाँको शेयर बजार र डलर दुवै कमजोर भएका छन् । यस्तोमा एसियाका शेयर बजारलाई पनि मङ्गलवार स्थिरता कायम गर्न सकस भयो । यो महिनामा सुनको भाउमा व्यापक वृद्धि देखिएकोले भाउमा करेक्सन आउन सक्ने सम्भावना रहेको वाटरर भन्छन् ।
तर ट्यारिफले निम्त्याउन सक्ने आर्थिक अनिश्चय कायमै रहेकोले सुनको भाउ ओरालो लाग्दैन भन्नेमा क्रेता विश्वस्त छन् । गएको बुधवार सुनको भाउ पहिलो पटक ३ हजार ३०० डलरमाथि उक्लिएको थियो । सोमबार यसको भाउले ३ हजार ४०० को स्तर पार गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण