ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
_Im7zmpILrO.jpg)
काठमाडौँ । हालैका दिनमा बहुमूल्य धातु सुनको भाउ बढिरहेको छ । मङ्गलबार को कारोबारमा पनि सुनको भाउमा कीर्तिमानी वृद्धि जारी रह्यो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको आलोचना गरेपछि जोखिमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको रुचि कम भएको छ ।
लगानीकर्ताहरू सेभ हेभन एसेट सुनतिर आकर्षित हुँदा सुनको भाउ आकासिएको हो ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः१५ बजे न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस ३ हजार ४६० डलर ५४ सेन्ट कायम भएको थियो ।
यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव ३९ प्रतिशत धेरै हो । मङ्गलवार को कारोबारमा स्पड गोल्डको भाउ अधिकतम ३ हजार ४९८ डलर ५० सेन्ट र न्यूनतम् ३ हजार ३१५ डलर १३ सेन्टका बीचमा रहेको थियो । सोही समयमा यूएस गोल्ड फयूचर्स प्रतिऔंस ३ हजार ४५५ डलर ९५ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ९५ प्रतिशत धेरै हो ।
ट्रम्पले लगाएको ट्यारिफको चिन्ता र ट्रम्प–पावेलबीचको खिचातानीका कारण लगानीकर्ताहरूले अमेरिकी सम्पत्तिलाई बेवास्ता गरिरहेका छन् ।
डलरको भाउ घटेसँगै लगानीकर्ताहरूले डलरसँग विपरीत सह–सम्बन्ध मानिएको सुनमा लगानी बढाइरहेको केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले भने ।
अमेरिकी अर्थतन्त्रले सुस्तीको सामना गर्न सक्ने भन्दै ट्रम्पले सोमबार पनि पावेललाई ब्याजदर घटाउन भनेका थिए । तर ट्रम्पका ट्यारिफले महँगीमा पार्ने स्पष्ट प्रभाव नदेख्दा सम्म ब्याजदर यथावत् राख्ने सुरमा पावेल छन् ।
अमेरिकाको सरकारी ऋणपत्रमा व्यापक सेल अफ देखिएपछि त्यहाँको शेयर बजार र डलर दुवै कमजोर भएका छन् । यस्तोमा एसियाका शेयर बजारलाई पनि मङ्गलवार स्थिरता कायम गर्न सकस भयो । यो महिनामा सुनको भाउमा व्यापक वृद्धि देखिएकोले भाउमा करेक्सन आउन सक्ने सम्भावना रहेको वाटरर भन्छन् ।
तर ट्यारिफले निम्त्याउन सक्ने आर्थिक अनिश्चय कायमै रहेकोले सुनको भाउ ओरालो लाग्दैन भन्नेमा क्रेता विश्वस्त छन् । गएको बुधवार सुनको भाउ पहिलो पटक ३ हजार ३०० डलरमाथि उक्लिएको थियो । सोमबार यसको भाउले ३ हजार ४०० को स्तर पार गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल