भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
काठमाडौँ । राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा थप उपचारको लागि आज भारत प्रस्थान गर्ने भएका छन् । हालै क्यान्सरलाई जितेको उनी फलोअपको लागि हिरासतमुक्त भएलगत्तै भारत जान लागेका हुन् ।
भारत प्रस्थान गर्नुअघि उनले मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा नरोकिने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण ,सुशासन, धर्म, संस्कृति पहिचानको रक्षा,आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी ,हिन्दुबादी ,राजाबादी , प्रजातन्त्रबादी र परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनु पर्दछ । अहिले व्यक्ति गौण कुरा हो, एजेन्डा महत्त्वपूर्ण विषय हो । सानो चित्त, सङ्कीर्णता ,कुण्ठा, व्यक्तिगत महत्त्वाकाङ्क्षालाई तिलाञ्जलि दिएर देश ,जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला गर्नु हुँदैन ।
समान बिचार भएकाहरू विभक्त भएर नभई एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिएका छन् । उच्च मनोबलसहित आन्दोलनको मोर्चामा क्रियाशील हुन उनले समर्थकलाई आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
-
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण