चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)
काठमाडौँ । चर्चित ब्राजिलियन खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) को विशेष पाहुना बनेर काठमाडौंको दशरथ रंगशालामा पुगेका छन् ।
उनले बुधबार भइरहेको पोखरा थण्डर्स र धनगढी एफसीबीचको खेल हेर्नको लागि पुगेका हुन् ।
उनले दुबै टोलीका खेलाडीसंग हात मिलाउनुका साथै रेफ्रीलाई खेलको बल समेत ह्याण्ड ओभर गरेका थिए ।
सन् २००६ को विश्वकपको इटाली च्याम्पियन हुँदा उनले कप्तानी गरेका थिए । सन् २००२ मा ब्राजिलले पाँचौँपटक विश्वकप उपाधि उचाल्दा कार्लोसले प्रमुख डिफेन्डरको भूमिका निर्वाह गरेका थिए ।
ब्राजिलियन र विश्व फुटबल इतिहासमा कार्लोस उत्कृष्ट लेफ्ट ब्याकमध्ये पर्छन् । कार्लोसको विशेषता नै लामो दूरीबाट शक्तिशाली फ्रिकिक गोल गर्न सक्छन् । ब्राजिलको राष्ट्रिय टोलीमा उनले १४ वर्ष बिताए । सन् १९९२ देखि २००६ सम्म राष्ट्रिय टोलीमा रहँदा उनले १२५ अन्तर्राष्ट्रिय खेल खेले ।
यसक्रममा उनले १० गोल गरेका थिए । क्लबस्तरीय करिअरमा कार्लोसले विश्वचर्चित रियल म्याड्रिडमा ११ सिजन बिताए । सन् १९९६ देखि २००७ सम्म उनले रियलबाट ३७२ खेल खेले ।
यसक्रममा उनको नाममा रियलबाट ४८ गोल रह्यो । कुनै समयमा उनीसँगै डेभिड बेकह्याम, लुइस फिगो, जिनेदिन जिदान, काका र सिनियर रोनाल्डोजस्ता खेलाडी थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण