एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले बुधबार वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनएको एकता महाधिवेशन भने वैशाख २० देखि २२ गते (मे ३–५) सम्म काठमाडौँमा भौतिक रुपमा सम्पन्न हुँदैछ ।
निर्वाचन तालिकाअनुसार मतदाता प्रथम नामावली प्रकाशन वैशाख १२ गते गरिनेछ भने १५ गते नामावलीमाथि दाबी विरोध तथा सोही दिन अन्तिम नामावली प्रकाशित गरिनेछ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेका अनुसार मनोनयन दर्ता वैशाख २० गते हुनेछ भने त्यसमाथि दाबी विरोध र अन्तिम नामावली प्रकाशित गरेर २१ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म हायात रिजेन्सी होटलमा मतदान हुनेछ । तत्पश्चात अन्तिम मतगणना गरेर अन्तिम नतिजा प्रकाशित गरिनेछ ।
निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, क्षेत्रीय संयोजकसहित ३६ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यस्तै अध्यक्षमा उम्मेदवारी दिन ७ लाख शुल्क तिर्नुपर्नेछ भने उपाध्यक्षमा ५ लाख, महासचिवमा ४ लाख शुल्क तोकिएको छ । अन्य पदहरुमा ३ देखि १ लाखसम्मको शुल्क तोकिएको छ । नेतृत्वमा आरके शर्मा, विनोद कुँवर, जानकी गुरुङ, महेश श्रेष्ठलगायत दाबेदार रहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयको पत्राचारका आधारमा महान्याधिवक्ताको कार्यालयले ६ महिना एकताको महाधिवेशन सार्न सर्वोच्चमा निवेदन पेस गरेपनि समितिले एकता महाधिवेशन तोकिएकै मितिमा गर्ने बताउँदै आएको छ ।
बरु एकता महाधिवेशन पक्षधरले दायर गरेको रिटमा सर्वोच्चले बुधबार मात्रै आवश्यक कागजातहरु झिकाउने आदेश गरेको छ । तर, अदालतले तत्काल महाधिवेशन सार्नेबारे कुनै बोलेको छैन । बुधबार नै उच्चस्तरीय समितिले दायर गरेको विज्ञप्तिमा अदालतले कागजात झिकाउने आदेश गरेसँगै एकता महाधिवेशनलाई कुनै बाधा नपुग्ने दाबी गरिएको छ ।
यसैबीच एकता महाधिवेशनका लागि बनेको उच्चस्तरीय समितिले तोकेको मिति बैशाख ९ गतेसम्म संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएका छन् । उनीहरुबाटै फाइनल हुने डेलिगेट्सले भोट हालेर नयाँ नेतृत्व चयन हुने समितिका सदस्य विनोद कुँवरले बताए ।
समितिले तोकिएको समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। ‘प्रारम्भिक जाँचका क्रममा कुनै आवेदकको कागजात अपूर्ण वा अस्पष्ट भेटिएमा २४ घण्टाभित्र आवश्यक प्रमाण पेश गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिनेछ । समयमै प्रमाण नपुगाएमा सो आवेदन स्वतः अमान्य हुने स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
समितिले सम्पूर्ण प्रमाणीकरण प्रक्रिया वैशाख १३ गते भित्रमा सम्पन्न गर्ने तयारी गरिरहेको पनि जनाएको छ । आवेदन दर्ता गरिसकेका र डेलिगेट्स शुल्कस्वरूप १०० अमेरिकी डलर बुझाइसकेका आवेदकहरूलाई उक्त रकम जम्मा गरेको प्रमाण तुरुन्त पठाउन पनि समितिले अनुरोध गरेको छ ।
प्रमाणिकरण भै शुल्क तिरेका डेलिगेटहरूले मात्र महाधिवेशनमा भाग लिन तथा उम्मेदवारी दिन पाउने समितिले प्रष्ट पारेको छ ।
कार्यतालिका-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण