लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन आग्रह गरेका छन् । यो ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गर्न आग्रह गरेका हुन् ।
खड्काले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले भनेका छन्, ‘वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरू समेतद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो ।‘
यो परिवर्तनसँगै मुलुकमा नेपाली जनताको इच्छा र चाहना अनुरूप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयन भैसकेको उनको भनाई छ। सन्देशमा भनिएको छ ‘यो संविधानको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण