शिक्षक आन्दोलन
२३ औँ दिनको आन्दोलनमा शिक्षक, छाता ओढेर सडकमा (तस्बिरहरू)
बिहीबार, ११ वैशाख २०८२, १४ : १२
काठमाडौँ । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् ।
चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन स्थगित गर्न सरकारले आग्रह गरेपनि माग सम्बोधनमा सरकारले तदारुकता नदेखाएपछि आन्दोलन स्थगित गरेका छैनन् ।
शिक्षक र सरकारबिच पटकपटक वार्ता भएपनि वार्ता निष्कर्षमा भने पुग्न सकिएको छैन ।
यसबिचमा शिक्षामन्त्री विद्या भट्टराईले समेत पदबाट राजीनामा दिनुपरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका छन् ।
शिक्षकहरु माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण