शिक्षक आन्दोलन
२३ औँ दिनको आन्दोलनमा शिक्षक, छाता ओढेर सडकमा (तस्बिरहरू)
बिहीबार, ११ वैशाख २०८२, १४ : १२

काठमाडौँ । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् ।
चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन स्थगित गर्न सरकारले आग्रह गरेपनि माग सम्बोधनमा सरकारले तदारुकता नदेखाएपछि आन्दोलन स्थगित गरेका छैनन् ।
शिक्षक र सरकारबिच पटकपटक वार्ता भएपनि वार्ता निष्कर्षमा भने पुग्न सकिएको छैन ।
यसबिचमा शिक्षामन्त्री विद्या भट्टराईले समेत पदबाट राजीनामा दिनुपरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका छन् ।
शिक्षकहरु माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’
-
धवल शमशेर अदालतमा उपस्थित
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?