अमेरिकाबाट डिपोर्ट भई नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकियो
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासमा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको हो ।
सुनुवाइ सकिएपछि चारै जनालाई प्रहरीको जिम्मा लगाइएको छ । हाल आदेश लेखनको कार्य भैरहेको छ ।
यसअघि गत वैशाख ४ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले थुनामा रहेका चारै जनालाई देश निकाला नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै वैशाख ११ गते (आज) सर्वोच्चको इजलासमा पेस गर्न आदेश दिएको थियो ।
नेपाल छिरेका चारसहित १८ भुटानी शरणार्थीलाई अमेरिकाले गत चैत ११ डिपोर्ट गरेको थियो । चार जना डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो ।
त्यसपछि नेपाल आइपुगेका उनीहरूलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो ।
अन्य १४ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ । उनीहरू नेपाली मूलका भुटानी भई नेपालमा शरणार्थीको रुपमा दर्ता भै शरणार्थीकै रुपमा अमेरिका पुनर्वास भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण