कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

मस्को । शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ । रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उनको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।
समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्राको गोली लागेको बताए । उनले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिए । रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा जलिरहेको सवारी साधनको भिडियोहरू प्रसारण गरेका छन् । समितिले सम्भावित संदिग्धहरूको उल्लेख गरेको छैन ।
यो आक्रमण लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो । डिसेम्बर १७ मा उनको अपार्टमेन्ट भवन बाहिर पार्क गरिएको विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि युक्रेनलाई दोष दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले
-
खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
-
गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब
-
ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते
-
इजरायली हवाई आक्रमणमा एक डाक्टरका नौ सन्तानको मृत्यु