भारतीय चौकीमा पाकिस्तानले गोलाबारी गरेको आरोप
जम्मू । पाकिस्तानी सेनाले शुक्रबार र शनिबारको मध्यरातमा नियन्त्रण रेखाका धेरै चौकीहरूमा गोलाबारी गरेको भारतले आरोप लगाएको छ । भारतीय सेनाले पनि हलुका हतियारबाट गोलाबारी गरेर जवाफ दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस गोलाबारीमा कुनै क्षतिको रिपोर्ट सार्वजनिक भएको छैन। सेनाले नियन्त्रण रेखाको अवस्थामाथि नजर राखिरहेको छ।
यसैबिच, पहलगाममा भएको आतंकवादी हमलापछि उपत्यकामा सुरक्षा बलको कारबाही जारी छ। शुक्रबार ४ जना आतंककारीको घर विस्फोटबाट ध्वस्त पारिएको थियो। त्रालमा आतंकवादी आसिफ शेख र अनन्तनागमा आदिल थोकरको घरमा विस्फोट गराइएको थियो।
पुलवामाको मुरानमा जैश(ए(मोहम्मदका सक्रिय आतंककारी अहसान उल हकको घरमा पनि विस्फोट गराइएको छ। हक सन् २०१८ मा पाकिस्तान गएर प्रशिक्षण लिएको बताइएको छ । यसैबिच, पुलवामाको काचीपोरा क्षेत्रमा लश्कर आतंककारी हरिस अहमदको घर पनि ध्वस्त पारिएको छ।
जम्मू कश्मीरको कुलगाम जिल्लाको कैमोह क्षेत्रको ठोकरपोरामा सुरक्षा बलले आतंककवादीका दुई सहयोगीलाई पक्राउ गरेको जानकारी दिएको छ।
यस्तै, भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले कश्मीरको भ्रमण गरेका छन् । उनले आक्रमण पछिको अवस्थाको अवलोकन गरे। राहुल गान्धी पनि श्रीनगर पुगेर घाइतेहरूको अवस्थाबारे सोधपुछ गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण