भारतीय चौकीमा पाकिस्तानले गोलाबारी गरेको आरोप

जम्मू । पाकिस्तानी सेनाले शुक्रबार र शनिबारको मध्यरातमा नियन्त्रण रेखाका धेरै चौकीहरूमा गोलाबारी गरेको भारतले आरोप लगाएको छ । भारतीय सेनाले पनि हलुका हतियारबाट गोलाबारी गरेर जवाफ दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस गोलाबारीमा कुनै क्षतिको रिपोर्ट सार्वजनिक भएको छैन। सेनाले नियन्त्रण रेखाको अवस्थामाथि नजर राखिरहेको छ।
यसैबिच, पहलगाममा भएको आतंकवादी हमलापछि उपत्यकामा सुरक्षा बलको कारबाही जारी छ। शुक्रबार ४ जना आतंककारीको घर विस्फोटबाट ध्वस्त पारिएको थियो। त्रालमा आतंकवादी आसिफ शेख र अनन्तनागमा आदिल थोकरको घरमा विस्फोट गराइएको थियो।
पुलवामाको मुरानमा जैश(ए(मोहम्मदका सक्रिय आतंककारी अहसान उल हकको घरमा पनि विस्फोट गराइएको छ। हक सन् २०१८ मा पाकिस्तान गएर प्रशिक्षण लिएको बताइएको छ । यसैबिच, पुलवामाको काचीपोरा क्षेत्रमा लश्कर आतंककारी हरिस अहमदको घर पनि ध्वस्त पारिएको छ।
जम्मू कश्मीरको कुलगाम जिल्लाको कैमोह क्षेत्रको ठोकरपोरामा सुरक्षा बलले आतंककवादीका दुई सहयोगीलाई पक्राउ गरेको जानकारी दिएको छ।
यस्तै, भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले कश्मीरको भ्रमण गरेका छन् । उनले आक्रमण पछिको अवस्थाको अवलोकन गरे। राहुल गान्धी पनि श्रीनगर पुगेर घाइतेहरूको अवस्थाबारे सोधपुछ गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह