पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको बताउँदै त्यो बन्द हुनुपर्ने बताएका छन्। उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका हुन्।
बीबीसीका अनुसार शाहबाज शरीफले पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार रहेको र यसबारे कुनै भ्रम नपाल्न पनि चेतावनी दिए । उनले भने, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन।’ शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने स्पष्ट पारे।
मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायत धेरै निर्णयहरू गरेको थियो। यसको जवाफमा पाकिस्तानले पनि धेरै कदम चालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी