अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
शनिबार, १३ वैशाख २०८२, १६ : १९

जनकपुर । आफूलाई अख्तियार र सीआईबीको कर्मचारी भएको बताएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डललाई धनुषा प्रहरीले आज शनिबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार उनले विशेषगरी प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने गरेका थिए ।
धनुषा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान टोलीले उनलाई शहीदनगर–३ स्थित इलाकाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मण्डलमाथि सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह