भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीरलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिल्ली प्रहरीले दिएको हो ।
पक्राउ पर्ने व्यक्ति गुजरात निवासी २१ वर्षीय जिग्नेशसिंह परमार भएको प्रहरीले जनाएको छ । परमार इन्जिनियरिङको विद्यार्थी भएको पनि समाचारमा जनाइएको छ । उनले नै ई–मेलमार्फत प्रशिक्षक गम्भीरलाई ज्यान मार्ने धम्की दिएका थिए ।
परमारसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । परमारको परिवारले भने उनी मानसिक रुपमा अस्वस्थ्य रहेको बताएका छन् । ‘परमारले प्रशिक्षक गम्भीरलाई त्यस्तो धम्की किन दिए भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ प्रहरीले भनेको छ ।
आफ्नो समयका प्रभावशाली खेलाडीसमेत रहेका गम्भीरले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै गत बुधबार प्रहरीमा जाहेरी दर्ता गराएका थिए । पहलगाममा भएको आतंकवादी आक्रमणपछि गमभीरले उक्त घटनाको चर्को शब्दमा आलोचना गरेका थिए ।
सोही कारणले आफूलाई ज्यान मार्ने धम्की दिइएको हुनसक्ने अनुमान गम्भीरले गरेका थिए । गम्भीरले प्रहरीसँग आफू र आफ्नो परिवारका लागि सुरक्षाको माग पनि गरेका थिए । गम्भीरकै प्रशिक्षकत्वमा भारतले केही समयअघि आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण