विद्युत आपूर्तिको अवस्था तथा औद्योगिक ग्राहकहरुको विद्युत कटौती विषयमा छलफल
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ र उद्योग वाणिज्य सङ्घ नेपाल तथा उद्योग परिसंघका प्रतिनिधिहरूबिच भेटवार्ता भएको छ ।
भेटवार्तामा वर्तमान विद्युत आपूर्तिको अवस्था तथा केही समय औद्योगिक ग्राहकहरुकाे विद्युत कटौती गर्नुपर्ने अवस्थाका बारेमा छलफल भएको हो ।
भारतमा बढेको विद्युत मागको कारण नेपालले एक्सचेन्ज मार्केट मार्फत अधिकतम मूल्यमा विद्युत खरिद गर्न खोज्दा समेत खरिद हुन नसकेको जसको कारण उद्योगीहरूको माग अनुसार पर्याप्त विद्युत उपलब्ध गराउन नसकिएको छलफलमा सहभागीहरूले बताएका छन् ।
नेपालका नदीनालामा बहाव बढ्न लागेको तथा भारतबाट विद्युत आपूर्ति सहज हुनु साथ यो समस्या नहुने र ढिलोमा २० दिनभित्र समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
उद्योगीहरूलाई प्राथमिकतामा राखेर गुणस्तरीय भरपर्दो र निरन्तर विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिबद्ध रहेको र सोही अनुसार भावी योजना बनाइ कार्य गरिरहेकोले सामाजिक सञ्जालमा अनर्गल हल्ला फैलाएको र त्यसमा कुनै सत्यता नरहेको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।
उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले प्राधिकरणले महासङ्घ तथा सरोकारवालालाई बोलाएर विद्युत आपूर्तिको अहिले अवस्थाबारे स्पष्ट पार्दै भावी योजनाका विषयमा समेत जानकारी दिनु भएकोमा यसले प्राधिकरण र उद्योगी व्यवसायीबिच विश्वासको वातावरण सिर्जना भएको बताए । उनले आगामी दिनमा सहकार्यका लागि अझ सहज भएको समेत छलफलमा उनले बताए ।
प्राधिकरणले हाइड्रोमा मात्र नभई सोलार लगायत अन्य वैकल्पिक ऊर्जाको क्षेत्रमा पनि कार्य गर्नु पर्ने उनले बताए । उद्योग परिसंघका प्रतिनिधि डा.घनश्याम ओझाले प्राधिकरणको पहलले आफूहरू उत्साही भएको र यसले अहिले समस्या समाधानका साथै भावी दिनको सहकार्यमा अझ बढी सहज हुने उनले बताए । प्राधिकरणले सप्लाई भएको विद्युतको गुणस्तरमा जोड दिनुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण