हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित ३ जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौँडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा ७ सय ग्राम ३९० मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।
उनले अटोमा आएका हेटौँडा ११ का २७ वर्षीय सुमन गुरुङ र हेटौँडा १ का २० वर्षीय बुद्धिमान थिङलाई शङ्काको आधारमा जाँच गर्दा उनीहरूको साथबाट प्रहरीले ५ सय मिलिग्राम खैरो हिरोइन फेला परेको जानकारी दिए ।
पक्राउ परेका गुरुङ र थिङलाई सोधपुछ गर्दा लागू औषध हेटौँडा १ लालझाडीका ३२ वर्षीय सुरेश तामाङसँग ल्याएको बताएपछि प्रहरीले तामाङको घरमा छापा मार्दा थप ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रवक्ता अर्यालले बताए । तामाङले खाल्डो खनेर लुकाएको अवस्थामा ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको उनको भनाई छ ।
लागू औषधसहित पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण