भ्यान इनारमा खस्दा १० जनाको मृत्यु

मध्य प्रदेश । मध्य प्रदेशको मन्दसौर जिल्लाको बुढा-तकरवत फाँटे क्षेत्रमा आइतबार एउटा भ्यान इनारमा खस्दा १० जनाको मृत्यु भएको छ। यो घटना दिउँसो २ बजेतिर मन्दसौरको नारायणगढ प्रहरी चौकी क्षेत्रमा भएको हो।
रतलाम रेन्जका डीआईजी मनोज कुमार सिंहका अनुसार चार जना घाइतेलाई पनि उद्धार गरिएको छ । उनीहरुलाई मन्दसौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ। प्रहरी अधिकारीहरूले मृत्यु हुनेमा तीन महिला पनि रहेको बताएका छन्।
मध्य प्रदेशका उपमुख्यमन्त्री जगदीश देवदा पनि घटनास्थल पुगेका छन्। उनले भने, ‘दुर्घटनामा दुई बालबालिकासहित जम्मा १३ जना परेका थिए।’ एक जनाको मृत्यु उद्धार गर्न जाँदा भएको थियो ।
भ्यानमा रहेका मानिसहरू सीमावर्ती जिल्ला नीमचको मनसा क्षेत्रमा रहेको अन्तारी माता मन्दिरको दर्शन गर्न गइरहेका थिए। यसै क्रममा भ्यान बाइकसँग ठोक्कियो र सन्तुलन गुमाउँदा इनारमा खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा