भ्यान इनारमा खस्दा १० जनाको मृत्यु
मध्य प्रदेश । मध्य प्रदेशको मन्दसौर जिल्लाको बुढा-तकरवत फाँटे क्षेत्रमा आइतबार एउटा भ्यान इनारमा खस्दा १० जनाको मृत्यु भएको छ। यो घटना दिउँसो २ बजेतिर मन्दसौरको नारायणगढ प्रहरी चौकी क्षेत्रमा भएको हो।
रतलाम रेन्जका डीआईजी मनोज कुमार सिंहका अनुसार चार जना घाइतेलाई पनि उद्धार गरिएको छ । उनीहरुलाई मन्दसौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ। प्रहरी अधिकारीहरूले मृत्यु हुनेमा तीन महिला पनि रहेको बताएका छन्।
मध्य प्रदेशका उपमुख्यमन्त्री जगदीश देवदा पनि घटनास्थल पुगेका छन्। उनले भने, ‘दुर्घटनामा दुई बालबालिकासहित जम्मा १३ जना परेका थिए।’ एक जनाको मृत्यु उद्धार गर्न जाँदा भएको थियो ।
भ्यानमा रहेका मानिसहरू सीमावर्ती जिल्ला नीमचको मनसा क्षेत्रमा रहेको अन्तारी माता मन्दिरको दर्शन गर्न गइरहेका थिए। यसै क्रममा भ्यान बाइकसँग ठोक्कियो र सन्तुलन गुमाउँदा इनारमा खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण