लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
काठमाडौं । एन्फिल्डमा शानदार जित निकाल्दै लिभरपुलले इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्याम हट्स्परविरुद्धको खेलमा ५-१ को शानदार जित निकाल्दै लिभरपुलले चार खेल अगावै लिगको २० औं उपाधि उचालेको हो ।
पाहुना टोलीले लिएको सुरुवाती अग्रतालाई उल्ट्याउँदै लिभरपुलले शानदार प्रदर्शन गर्यो । उसका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाकपो र मोहम्मद सालाहले गोल गरे । एक गोल भने लिभरपुलले आत्मघाती उपहार पायो ।
शीर्ष वरियताको २० औं उपाधि उचाल्दै आर्ने स्लोट पिमियर लिग जित्ने पहिलो डच कोच बनेका छन् । जितपछि स्लोटले आफ्ना पूर्ववर्ती जुर्गेन क्लोपलाई सम्झिए । अघिल्लो वर्ष गर्मीयामका क्लोपको ठाउँमा लिभरपुलको मुख्य प्रशिक्षक हुन आएका थिए, स्लोट ।
उनले यो अवस्थामा आफु केही बोल्न नचाहेको र केवल जुर्गेन क्लोपलाई आफ्नो प्रशंसा पठाउनु छ, भने । उनले गत सिजन क्लोपले आफ्नो अन्तिम खेलमा लिभरपुलका प्रशंसकलाई गाउन भनेको गीत गाए । प्रिमियर लिगको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र बर्नमथले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण