शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
काठमाडौँ । विपक्षी दलका सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरूमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसंगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको उनले बताए । उनले ऐन जारी गर्नुपर्ने शिक्षकहरूको जायज मागलाई सम्बोधन नगरी दमनमा उत्रनु उचित नभएको जिकिर गरे ।
त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरूमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । उनले बालबालिकाहरूको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताइन् ।
त्यस्तै राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाइन् । शिक्षा ऐन पारित गर्दै शिक्षकहरूलाई पठनपाठन गर्ने वातावरण बनाउन उनले माग गरिन् ।
त्यस्तै सांसदहरूले घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए । आइतबार राजधानीमा भएको प्रदर्शनका क्रममा शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण